मंगलबार शेयर बजारमा हरियाली, नेप्से ६९ अंकले बढ्यो

मंगलबार शेयर बजारमा हरियाली, नेप्से ६९ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शेयर बजार परिसूचक नेप्से मंगलबार उकालो लागेको छ । नेप्से ६९ दशमलव २२ अङ्कले बढेर दुई हजार सात सय ८४ दशमलव ५८ बिन्दुमा कायम भएको छ ।

आज सबै समूहको शेयर बढेकोमा बिमा, विकास बैंक, उत्पादन, हाइड्रो र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ । दुई सय २७ कम्पनीका एक करोड ९३ हजार दुई सय २१ कित्ता शेयर पाँच अर्ब ५२ करोड १६ लाख रुपैयाँमा कारोबार भएका छन् ।