एमाले महाधिवेशन : एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी

एमाले महाधिवेशन : एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट हालसम्म प्रतिनिधिको विवरण आएको छैन् । ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको हो ।

एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट र धनुषाबाट निर्वाचित भएका प्रतिनिधिको विवरण अझै प्राप्त नभएको हो ।

यस्तै २२ जनसङ्गठनमध्ये छ वटाबाट प्रतिनिधिको विवरण नआएको उनको भनाइ छ । एमालेले कात्तिक ३० गतेसम्म प्रतिनिधिको विवरण पठाउन निर्देशन दिए पनि ती जिल्ला र जनसङ्गठनबाट विवरण नआएको हो ।

उनले बिहीबारसम्म सबै जिल्ला र जनसङ्गठनको विवरण आउने बताए । एमालेमा एक निर्वाचन क्षेत्रबाट एक महिला, एक दलितसहित पाँच र जनसङ्गठनबाट पाँचजनाका दरले प्रतिनिधि छनोट गरिएको छ ।

यही मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि एमालेले कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि छनोट गरेको थियो । चितवनमा हुने महाधिवेशनमा देशभरिबाट एक हजार ९९९ प्रतिनिधि सहभागी हुने भएका छन् ।