नेपाली कांग्रेसलाई नविन ढंगले पुनर्गठित गर्नुपर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसलाई नविन ढंगले पुनर्गठित गर्नुपर्छ : विश्वप्रकाश शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक्काइसौं शताब्दीको नविन कांग्रेस निर्माण गर्ने समय आएको बताएका छन् । आज चितवनमा भएको कार्यक्रममा प्रवक्ता शर्माले जन नायक वीपी कोइरालाको अगुवाइमा स्थापना भएको राजनैतिक शक्ति नेपाली कांग्रेसलाई नविन ढंगले पुनर्गठित गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले पार्टीमा युवालाई प्रोत्साहित गर्न केन्द्र र प्रदेश कार्यसमितिमा १० प्रतिशत संख्यामा युवाहरू निर्वाचित हुने व्यवस्था गर्न समेत प्रस्ताव गरेका छन् । आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका शर्माले ३० या ४० वर्षसम्मका प्रतिनिधिहरू उम्मेदवार बन्न पाउने र आपसमा प्रतिस्पर्धा गर्ने गरी व्यवस्था गर्न प्रस्ताव गरे ।

प्रवक्ता शर्माले पार्टीको सदस्यता अनलाइनबाटै लिन सकिने व्यवस्था गर्नुपर्ने बताए । उनले राजनीतिक दलको नेतृत्व र सदस्यले आफ्नै खुट्टामा उभिएर राजनीति गर्ने बातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । ‘पार्टीका क्रियाशील सदस्यलाई उद्यमी बन्न प्रेरित गर्नुछ । त्यसैले ३ दिन पार्टीका लागि, ४ दिन रोटीका लागि भन्ने मन्त्र अवलम्बन गर्नुपर्छ,’ शर्माले भने ।