सर्वोच्च अदालतको समस्या समाधानमा अग्रगामी शक्तिहरु एक हुनुपर्छ : मातृका यादव

सर्वोच्च अदालतको समस्या समाधानमा अग्रगामी शक्तिहरु एक हुनुपर्छ : मातृका यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले राष्ट्रिय हितका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका छन । न्यायालयमा प्रतिगमनकारीहरु सक्रिय रहेकाले समस्या समाधानमा अग्रगमनकारी शक्तिहरु लाग्नुपर्ने बताएका हुन् ।

‘प्रतिगमनकारीहरु सक्रिय रहेकोले यसको समाधानमा अग्रगमनकारी शक्तिहरूले अब तत्काल पहल लिनुपर्छ । जति विलम्ब हुन्छ, त्यति नै घातक हुन्छ’, नेता यादवले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘स्मरण रहोस् जनता सबैभन्दा सर्वश्रेष्ठ न्यायकर्ता हुन् । हामी सबै अग्निपरीक्षामा छौं । त्यसैले व्यक्तिहरूको स्वार्थभन्दा देशको हितमा के हुन्छ त्यही गर्नु सबभन्दा न्यायसंगत हुन्छ ।’

पूर्वमन्त्री समेत रहेका यादवले अदालतमा यस्तो समस्या देखिदा जनतामा रहेको विश्वास गुम्नेतर्फ सचेत गराएका छन् । उनले प्रतिगमनकारी कदम विरुद्धको लडाइले न्यायपालिकाभित्र रहेको पुरानो र नयाँ समस्याहरू सतहमा आएको दावी गर्दै यो राजनीतिक समस्या नै भएको बताएका छन् ।