सडक दुर्घटनामा घाइते भएका डा. खरेलको निधन

सडक दुर्घटनामा घाइते भएका डा. खरेलको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सडक दुर्घटनामा घाइते भएका डा. दिपक खरेलको निधन भएको छ । कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा. खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।

बुटवलमा उपचार सम्भव नभएपछि उनलाई काठमाण्डु रिफर गरिएको थियो । राष्ट्रिय ट्रमा सेन्टरको आइसीयूमा उपचारत खरेलको आज विहान ८ बजेर २३ मिनेटमा निधन भएको ट्रमाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा प्रमोद जोशीले जानकारी दिए । उनको न्यूरो सर्जन डा राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको थियो ।