काठमाण्डु – सर्वोच्च अदालतमा प्रहरीको धरकपडबारे नेपाल बारको आकस्मिक बैठक सुरु भएको छ । बिहीबार सर्वोच्च अदालत प्रांगणमा आफूहरुको शान्तिपूर्ण धर्नामा भएको प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारले आकस्मिक बैठक बोलाएको हो ।
केहीबेरअघि सुरु भएको बैठकमा नेपाल बार, सर्बोच्च अदालत बार र उपत्यकाका उपलब्ध बार इकाईका पदाधिकारीहरू सहभागी रहेको नेपाल बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
विरोध प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको, हतियारधारी प्रहरी अदालतमा तैनाथ गरेको र घाइते बारका सदस्यलगायतको विषयमा छलफल गर्न बारको आकस्मिक बैठक सुरु भएको हो ।




प्रतिक्रिया