सर्वोच्चमा रमिता : बाहिर वकिल कुटिए, भित्र आदेश जारी

सर्वोच्चमा रमिता : बाहिर वकिल कुटिए, भित्र आदेश जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतमा जारी आन्दोलकाबीच दुई न्यायाधीशले सात वटा मुद्दामा सुनुवाई गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै धर्नामा बसेका कानुन व्यवसायीले सर्वोच्च अदालतको गेटमै कुटाइ खाइरहेका बेला न्यायाधीशद्धय बमकुमार श्रेष्ठ र कुमार चुडालले भने सातवटा मुद्दाको सुनुवाइ गरी अन्तिम आदेश जारी गरेका हुन् ।

नेपाल बार एसोसिएसनले इजलासमा बहस नगर्ने घोषणासहित मुल गेटमा आन्दोलन चर्काइरहेको छ । प्रहरीको कुटाइबाट एक दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते भएपछि नेपाल बार यतिबेला आकस्मिक छलफलमा छ ।

तर, जबराले तोकेको इजालास नम्बर सातमा न्यायाधीशद्वयले सातवटा मुद्दाको सुनुवाइ गरी अन्तिम आदेश जारी गरेका हुन् । सर्वोच्च अदालतका अनुसार तामेलीमा राख्न पेसी चढेका सातवटा रिट निवेदनलाई न्यायाधीशद्वयले तामेलीमा राख्ने आदेश दिएर बेञ्चबाट उठेका छन् ।

उनीहरू बुधबारबाट इजलास फर्किएका हुन् । मुद्दामा आदेश जारी गरेका उनीहरूले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी हुने भन्दै पेसीमा रहेका अन्य मुद्दा हेर्न नभ्याउने भनेका छन् ।

प्रधानन्यायाधीश राणालाई अदालत छिर्न नदिन वकिलहरूले मुख्य गेटसहित वैकल्पिक दुईवटा गेटमा समेत धर्ना दिन जाने क्रममा प्रहरीले बल प्रयोग गर्न खोज्दा झडपको अवस्था सिर्जना भएको थियो ।

मूल गेटमा कानुन व्यवसायीले धर्ना दिएपछि प्रधानन्यायाधीश जबरा अर्कै गेटबाट अदालत छिरिरहेका छन् । अहिले सर्वाेच्च अदालत परिसरको अवस्था तानवपूर्ण छ।