प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक सुरु

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतमा पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको न्यायाधीशहरुको फुलकोर्ट बैठक केहिबेरअघि सुरु भएको सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीले जानकारी दिए ।

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ । यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि आजको बैठकमा सहभागी छन् ।

नेपाल बार एसोससएसनले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ । आज पनि अदालत परिसरमा बारले धर्ना जारी राख्नुका साथै जबरालाई बल पुग्ने कुनै कार्य न्यायाधीशहरूले गरे स्वीकार्य नहुने चेतावनीसमेत दिएको छ ।