फुलकोर्ट बैठक सकियो, गोलाप्रथाद्वारा पेसी तोकिने

फुलकोर्ट बैठक सकियो, गोलाप्रथाद्वारा पेसी तोकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतमा पेसी तोक्दा गोलाप्रथा प्रणाली लागु गर्नका लागि नियमावली र निर्देशिका पारित भएको छ । आज दिउँसो बसेको फुल कोर्ट बैठकले उक्त नियमावली र निर्देशिका पारित गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको फुल कोर्ट बैठकमा उनी स्वयं भने सहभागी भएनन् । तर, सर्वोच्चका बाँकी १९ जना न्यायाधीशको बैठकले गरेको निर्णयमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गरेका हुन् । सर्वोच्चका न्यायाधीशहरूले उक्त माग गर्दै आएका थिए ।