सर्वोच्च अदालतमा दंगा प्रहरी परिचालन, अन्तर्राष्ट्रियकरण गर्ने बारको चेतावनी

सर्वोच्च अदालतमा दंगा प्रहरी परिचालन, अन्तर्राष्ट्रियकरण गर्ने बारको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतलाई युद्ध मैदानजस्तो बनाइएको बताएको छ । सर्वोच्च अदालत प्रशासनले बिहीबार सर्वोच्च परिसरमा एसएलआर हतियारसहितका प्रहरी राखेपछि बारले अदालतलाई युद्धमैदान बनाएको भन्दै आपत्ति जनाएको हो ।

नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालत परिसरमा दंगा प्रहरीको प्रवेश बन्द गर्न माग गरेका छन् । उनले बिहीबार विज्ञप्ति जारी गर्दै त्यसो नगरिए उक्त घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार चरणबद्ध आन्दोलनमा छ ।

यसक्रममा सर्वोच्च परिसरमा प्रदर्शन र प्रहरी परिचालन भएको छ । प्रदर्शनमा उत्रिएका वकिलहरूमाथि प्रहरीले लाठीचार्ज गर्दा आज केही वकिलहरू घाइते भएका छन् । सोही सम्बन्धमा नेपाल बारका पदाधिकारीले आज आकस्मिक पत्रकार सम्मेलन गरी आफ्ना भनाइ सार्वजनिक गरेका हुन् ।