पृथ्वीसुब्बा महासचिवमा लड्ने, ओलीलाई घनश्याम र भीम रावलको काउण्टर

पृथ्वीसुब्बा महासचिवमा लड्ने, ओलीलाई घनश्याम र भीम रावलको काउण्टर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको दशौँ महाधिवेशनमा महासचिव पदमा उमेदवारी दिने घोषणा गरेका छन् । एमालेका गण्डकी प्रदेशका पूर्व इन्चार्जसमेत रहेका गुरुङले आफूले खोजेको पद महासचिव भएको बताउँदै उमेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भने ‘मैले खोजेको महासचिव नै हो । किनभने एमालेभित्र जुन समस्या छ, त्यसको बेलैमा समाधान गर्नुपर्ने छ । त्यसमा मेरो भिजन छुट्टै छ । समस्याको पहिचान मैले गरेको छु । उदारवाद, अवसरवाद, संकीर्णतावाद, जडशूत्रवादसांगठानिक अराजकता छ । त्यसको अन्त्य गरेर समावेशी एमाले बनाउनुपर्ने छ । जनतामा आधारित, अनुशासित, एकताबद्ध र भावनात्मक रूपमा एकताबद्ध एमाले बनाउनुपर्ने छ ।’

त्यसैगरी उनले चुनाव भए वा नभए पनि अबको एमाले अध्यक्ष केपी शर्मा ओलीनै भएको दाबी गरे । ‘म किन नहुने भनेर घनश्यामजीले पनि भन्नुभएको छ । उठ्नै हुँदैन भन्ने पनि छैन । चित्त बुझेन भने उठ्न सक्नुहुन्छ । चुनाव हुने एउटा कुरा हो, चुनाव भए वा नभए पनि अध्यक्ष केपी ओली नै हो । परिस्थिति त्यस्तो बन्यो ।’ नेता गुरुङले भने ।