एमाले महाधिवेशनः भूमिहीन सुकुम्बासीतर्फ खसआर्यबाट एक मात्र प्रतिनिधि

एमाले महाधिवेशनः भूमिहीन सुकुम्बासीतर्फ खसआर्यबाट एक मात्र प्रतिनिधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)को महाधिवेसन नजिकिँदै जाँदा महाधिवेशन चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

१० मंसिरबाट चितवनमा सुरु हुने एमालेको १०औँ महाधिवेशनका लागि ६६ जिल्लाका प्रतिनिधि चयन भइसकेका छन् भने जनवर्गीय र पेशागत संगठनले पनि प्रतिनिधि चयन प्रक्रियालाई अन्तिम चरणमा पु¥याएका हुन् ।

नेपाल भूमिहीन सुकुम्बासी संगठनबाट महाधिवेशन प्रतिनिधि चयन भएका पाँचमध्ये एक जना खसआर्य छन् भने अन्य जनजाति र दलित समुदायवाट प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार खुल्लातर्फ सरेश नेपाल, लीलाबहादुर तामाङ, ईन्द्र लामा चयन भएका छन् भने महिलातर्फ लीला विश्वकर्मा र रचना कुमाल महाधिवेशन प्रतिनिधि छानिएका छन् ।