नेपालका ५ प्रतिशत नागरिक शौचालयको पहुँच बाहिर

नेपालका ५ प्रतिशत नागरिक शौचालयको पहुँच बाहिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज नोभेम्बर १९ तारिख, विश्व शौचालय दिवस, नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइदै छ । यसबर्षको नारा ‘शौचालयको उपयोगिता’ भन्ने तय भएको छ ।

नेपालका ९५ प्रतिशत नागरिक शौचालयको पहुँचमा पुगेको जनाईएको छ । सरकारले २०७६ साल असोज १३ गते नै नेपाललाई खुला दिसा मुक्त देश घोषणा गरे पनि अझै पनि ५ प्रतिशत नागरिक शौचालयको पहुँच भन्दा बाहिर रहेका हुन् ।

बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्दै आएका छन् ।