प्रदेश २ मा एकीकृत समाजवादीबाट महतो र यादव मन्त्री बन्दै, भोलि शपथ

प्रदेश २ मा एकीकृत समाजवादीबाट महतो र यादव मन्त्री बन्दै, भोलि शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । एकीकृत समाजवादीले उद्योग वन तथा वातावरण मन्त्रालय र कानुन तथा प्रदेश मामिला मन्त्रालय लिएर सहभागी हुने भएको हो ।

वन मन्त्रालयमा शत्रुधन महतो र कानुन मन्त्रालयमा प्रमोद यादव र राज्यमन्त्रीमा नागेन्द्र साहलाई पठाउने सहमति भइसकेको अध्यक्ष धर्मदेव साहले जानकारी दिए । नेकपा एसबाट सिफारिस भएका मन्त्रीहरुको भोलि नै सपथ ग्रहण कार्यक्रम रहेको नेकपा एसले जानकारी दिएको छ ।