काठमाण्डु – नेकपा एमालेका नेता ओमप्रकाश यादवले राजीनामा दिएका छन् । पूर्व कृषि राज्यमन्त्री समेत रहेका नेता यादवले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
रुपन्देहीमा पत्रकार सम्मेलन गर्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका नेता यादवले पार्टीको साधारण सदस्यमा भने रहने बताए ।
नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । उनले प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन् ।




प्रतिक्रिया