प्रधान्यायाधीशले तोके सबै मुद्दामा पेसी, गोलाप्रथा कार्यान्वयन भएन

प्रधान्यायाधीशले तोके सबै मुद्दामा पेसी, गोलाप्रथा कार्यान्वयन भएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी ताकेका छन् ।उनले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका हुन् ।

प्रधानन्यायाधीश जवराले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् । मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको भए तापनि अहिलेसम्म सुनुवाइ भने प्रारम्भ भएको छैन ।

प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबार बसेको पूर्ण बैठक (फूलकोट) ले गोला प्रणालीसहित सर्वोच्च अदालत नियमावली र निर्देशिका संशोधन गरेका थियो ।

उक्त निर्णयपछि न्यायाधीशहरुले शुक्रबारदेखि इजलासमा बसेर न्यायसम्पादन कार्यमा लागेका थिए । आइतबारदेखि सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्न सुरु हुने बताइएको थियो । तर, राजपत्रमा सूचना प्रकाशन नभएपछि आजबाट गोलाप्रथाबाट पेसी तोक्ने प्रकृया सुरु हुन नसकेको जनाइएको छ ।

न्यायालय सुधारको माग राख्दै न्यायाधीशले इजलासमा बस्न इन्कार गरेपछि सर्वोच्चमा कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन ।