विप्लव र नारायणकाजीबीच भेटवार्ता

विप्लव र नारायणकाजीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

महासचिव वप्लवले आइतबार बिहान श्रेष्ठनिवास हात्तीवन पुगेर नेता श्रेष्ठसँग भेटवार्ता गरेका हुन् । उनीहरुबीच दुई पार्टीबीच सहकार्य गर्ने वा कार्यगत एकता गर्ने भन्ने विषयमा छलफल भएको स्रोतले बतायो ।

भेटमा विप्लवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तीन बुँदे सहमति गरेपनि कार्यान्वयन नभएको भन्दै गठबन्धन सरकारले गर्नुपर्ने बताएका थिए ।

यसअघि शनिबार माओवादी र विप्लव नेतृत्वको नेकपाबीच सहकार्य गर्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता कृष्णबहादुर महरा र विप्लवबीच शनिबार खुमलटारमा छलफल भएको थियो ।

प्रचण्ड र विप्लवबीच तत्काल एकता सम्भव नभएपनि मुद्दा मिल्ने विषयमा सहकार्य गर्दै एकतामा जान सकिने विषयमा छलफल भएको थियो । विप्लवलाई महराले पार्टी महासचिव बनाएर भएपनि एकता गर्नुपर्ने भन्दै निरन्तर छलफलमा जोड दिइरहेका छन् ।