डडेल्धुरा – नेपाली कांग्रेस डडेल्धुराको सभापतिमा भीमबहादुर साउंद विजयी भएका छन्। कांग्रेसको सोमबार सांझ सम्पन्न सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा परशुराम नगरपालिकाका मेयर समेत रहेका साउंद विजयी भएका हुन । उनि प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन् ।
सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउंद विजयी भएका हुन्। साउंदले ७३४ मत ल्याए भने उनका प्रतिद्वन्दी ठकुराठीले ७६ मत पाए। यसैगरी उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी र डिल्लीराज जोशी, सचिबमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन्।
यस्तै सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्वाचित भएका छन्। निर्वाचित सबै साउद प्यानलका हुन । कांग्रेसका वर्तमान सभापति कर्ण मल्ल समुहले भने उक्त अधिवेशनमा भाग लिएको थिएन । सभापति मल्लसहित नेताहरु केन्द्रीय कार्यालय सानेपामा धर्नामा छन् ।
जिल्लाबाट पठाएको क्रियाशील सदस्यताको सूची हटाएर केन्द्रबाट नयां नाम थपेपछि मल्लसहित उनी पक्षले डडेल्धुरा अधिवेशनमा भाग लिन नमानेको हो ।
भदौ २५ गते देउवा पक्षले डडेल्धुरामा राज्य शक्तिको दुरूपयोग गर्दै एकलौटी हिसाबले वडा अधिवेशन गरेको आरोप मल्ल पक्षको छ । नयां क्रियाशील सदस्यको सूची जारी गर्न मागसहित भदौ २२ गतेदेखि मल्ल पक्ष आन्दोलनमा उत्रिएको छ ।




प्रतिक्रिया