काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् । अध्यक्ष ओलीले आज महाधिवेशन केन्द्रित रहेर सम्पादकहरुसँग अन्तरक्रिया गर्न लागेको एमालेका नेता सुर्य थापाले जानकारी दिए ।
तामाङका अनुसार अध्यक्ष ओलीले आज दिउँसो २ बजे सम्पादकहरुसँग अन्तरक्रिया गर्ने भएका हुन् । त्यस्तै आजै एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकले महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने नेता तामाङले जानकारी दिए ।
एमाले महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ । विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् । बैठकमा महाधिवेशनको तयारी र व्यवस्थापकीय कामबारे छलफल हुनेछ ।




प्रतिक्रिया