कांग्रेस महाधिवेशन : मुख्य सचिव र पूर्वमन्त्री नै प्रतिनिधिमा पराजित

कांग्रेस महाधिवेशन : मुख्य सचिव र पूर्वमन्त्री नै प्रतिनिधिमा पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा प्रतिनिधिका लागि ६० जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।

विवादित क्षेत्र बाहेकका प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधिहरु छनोट भएका छन् । कतिपय ठाउँको विवरण सार्वजनिक भएको छ भने कतिपय ठाउँमा मतगणना जारी रहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये हिजो १ सय २५ क्षेत्रमा निर्वाचन भएको छ । पटक पटक सर्दै आएको कांग्रेसको महाधिवेशन यो पटक भने पार्टी जोगाउनकै लागि गरिएको विश्लेषण गरिएको छ ।

सभापति देउवा कांग्रेसको सत्ता आफुबाट अलग गर्न चाहदैनन् भने संस्थापन इतरपक्ष यो पटक देउवालाई जसरीपनि सत्ताबाट हटाउन चाहन्छ ।

देउवाले महाधिवेशनमा फेरी सभापति पदमै दाबी गर्ने शंकेत गरीसकेका छन् भने इतर पक्षमा सामुहिक उमेद्वार चयनमा लफडा छ । महाधिवेशनमा निर्णयक मानिएका महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन सम्पन्न भएपनि सबै क्षेत्रबाट विवरण आइसकेको छैन ।

१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सोमबार भएको १ सय २५ क्षेत्रको अधिवेशनमा युवा उम्मेदवारको संख्या उल्लेखनीय छ । निर्वाचन परिणाम आउन समय लाग्ने भए पनि युवा प्रतिनिधित्व ६० देखि ६५ प्रतिशत हाराहारीमा हुने अनुमान छ ।

क्रियाशील सदस्यताको विवादले ढिलो सुरु भएको प्रदेश २ को ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा भने गाउँ र नगरपालिका तहकै अधिवेशन जारी छ ।

ठूला भनिएकाहरु नै पराजित

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । काठमाण्डु क्षेत्र नम्बर ७ बाट खस आर्य पुरुषतर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका मुख्य सचिव पौडेल पराजित भएका हुन् ।

सो क्षेत्रमा खस–आर्य पुरुषतर्फ दक्ष पौडेल, रामशरण थपलिया र नगेन्द्रध्वज कार्की विजयी भएका छन् । नेविसंघ पूर्व महामन्त्री सरोज थापा पनि सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

यता ललितपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । २०१२ सालमै कांग्रेसको क्रियाशील सदस्यता लिएका श्रेष्ठ कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला नेतृत्वको केन्द्रीय समितिका सदस्यसमेत हुन् ।