सचिवमा उम्मेदवारी दिने महेश बस्नेतकाे घोषणा, भीम रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह

सचिवमा उम्मेदवारी दिने महेश बस्नेतकाे घोषणा, भीम रावललाई उम्मेदवारी फिर्ता लिन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका केन्द्रीय सहस्य महेश बस्नेतले १० औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।मंगलबार रिपोटर्स क्लब काठमाण्डुमा पत्रकार सम्मेलन आयोजना गर्दै नेता बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले पार्टीमा विगतमा आफूले निर्वाह गरेको भूमिका र देशभरीका कार्यकर्ताको मनोभावनाको सम्मान गर्दै सचिव पदमा आफ्नो दावी रहेको बताए । ‘पार्टी युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा युवाहरुलाई परिचालन गर्नका लागि मैले सचिव पदमा उम्मेद्वारी दिनु उपयुक्त ठानेको छु, उनले भने ।

बस्नेतले अहिले एमालेको नाममा सबैले गौरव गर्नुमा नेकपा कालमा आफूले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । त्यस्तै उनले भीम रावललाई अध्यक्ष पदका लागि दिएको उम्मेदवारी फिर्ता लिन समेत आग्रह गरे ।

नेता बस्नेतले अबको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नहुने हो भने कम्युनिस्ट आन्दोलन कमजोर हुने भन्दै उनले रावललाई दिएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । उनले कम्युनिस्ट आन्दोलन तोडफोड भइरहेका बेलामा पनि ओलीले नै एकताबद्ध बनाउने काम गरेको दाबी गरे ।

पाको उमेर समूह, नयाँ र अहिले भूमिका खेलिरहेको पुस्तालाई महाधिवेशनले समेट्नुपर्ने भन्दै आगामी निर्वाचनमा दुई तिहाइ ल्याउन पनि केपी ओलीलाई अध्यक्ष बनाउनुको विकल्प नरहेको बताए ।