एमाले महाधिवेशन उद्घाटनमा ७२ जना कलाकारले राष्ट्रिय गान गाउने

एमाले महाधिवेशन उद्घाटनमा ७२ जना कलाकारले राष्ट्रिय गान गाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा ७२ जना कलाकारले राष्ट्रिय गान गाउने भएका छन् ।

मंसिर १० गतेदेखि सुरु हुने महाधिवेशनको उद्घाटन सत्रमा कम्युनिस्ट पार्टी स्थापनाको ७२ वर्ष भएकाले ७२ कलाकारको उपस्थितिमा सामूहिक रूपमा एकसाथ राष्ट्रिय गान गाउने कार्यक्रम राखिएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए ।

उनले महाधिवेशन स्थलमा सुरक्षाका लागि उचित प्रबन्ध मिलाइएको पनि जानकारी दिए । यसका लागि गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग छलफलसमेत भइसकेको उनले बताए ।