महाधिवेशनका लागि एमालेले बनायो ११ सदस्यीय अध्यक्ष मण्डल (सूचीसहित)

महाधिवेशनका लागि एमालेले बनायो ११ सदस्यीय अध्यक्ष मण्डल (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्नुअघि बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरेको हो ।

अध्यक्ष मण्डलमा अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।

अध्यक्ष मण्डलले गरेको निर्णय लेख्न माइन्युट कमिटी पनि बनाइएको छ । जसमा पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् ।