एमाले महाधिवेशन प्रतिनिधि संख्या बढ्यो, २ हजार ३ सय २७ पुगे

एमाले महाधिवेशन प्रतिनिधि संख्या बढ्यो, २ हजार ३ सय २७ पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको १० औं महाधिवेशनका प्रतिनिधि संख्या बढ्ने भएको छ ।

पछिल्लो समय नयाँ सदस्य थपिएकाले महाधिवेशन प्रतिनिधि संख्या बढेर २ हजार ३ सय २७ पुग्ने भएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार हालसम्म केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधिको संख्या २ सय ३८ जना छ । निर्वाचित प्रतिनिधि १ हजार ८ सय ८९ रहेका छन् ।

त्यसैगरी महोत्तरी, रौतहट, प्रदेश नम्बर २ मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना प्रतिनिधि चयन हुन बाँकी छ । त्यस्तै कूल सदस्यको ५ प्रतिशत मनोनित गर्दा १ सय ३ जना गरी महाधिवेशन हुने छन् ।

यसअघि एमालेले महाधिवेशन प्रतिनिधि १ हजार ९ सय ९९ जना हुने जनाएको थियो । एमाले केन्द्रीय कार्यालय शेर बहादुर तामाङका अनुसार एमालेका संगठित सदस्य ८ लाख ५५ हजार ४ सय ५३ पुगेका छन् ।