काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा र उपाध्यक्ष भीम रावल पक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।
सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरिरहेका अध्यक्ष ओली र अध्यक्षमा दाबी गरिरहेका रावल पक्षका नेताहरुबीच बन्दसत्रस्थल होटल सेभेन स्टारमा छुट्टाछुट्टै छलफलमा जुटेका हुन् ।
अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरिरहेका बेला रावलले अध्यक्षमा दाबी गरेका हुन् ।
ओलीले आफू निकट नेताहरु मार्फत रावललाई मनाउने प्रयास जारी राखेका छन् । ‘सहमतिका लागि नेताहरु छलफल गरिरहनुभएको छ । उहाँ (रावल) सहमत हुनुभयो भने उपाध्यक्ष बन्नु हुनेछ,’ एमाले कार्यालय सचिव शेरबहादुर तामाङले भने ।




प्रतिक्रिया