कोरोना संक्रमित भीम आचार्यलाई अस्पताल लगियो

कोरोना संक्रमित भीम आचार्यलाई अस्पताल लगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता भीम आचार्यलाई अस्पताल भर्ना गरिएको छ । एमालेको १० औं महाधिवेशनस्थलमा रहेका नेता आचार्यलाई कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना गरिएको हो ।

केही दिनअघि संक्रमण पुष्टी भएपछि उनी सौराहास्थित सेभन स्टार होटलमा आइसोलेसनमा बसिरहेका थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई भरतपुर अस्पताल लगिएको हो ।