जबरामाथि महाअभियोग लगाउन माग गर्दै बारले एकीकृत समाजवादीलाई बुझायो ज्ञापन पत्र

जबरामाथि महाअभियोग लगाउन माग गर्दै बारले एकीकृत समाजवादीलाई बुझायो ज्ञापन पत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनले नेकपा (एकीकृत समाजवादी) लाई ज्ञापन पत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै बारले माधवकुमार नेपाल नेतृत्वको (एकीकृत समाजवादी) लाई ज्ञापन पत्र बुझाएको हो ।

बारले विभिन्न दलहरुलाई बुझाउँदै आएको ज्ञापन पत्रमा प्रधानन्यायाधीश राणालाई हटाउनुपर्ने १७ वटा ‘कारण’ उल्लेख गरेको छ । आइतबार बारको ज्ञापन पत्र बुझ्दै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ गठबन्धनमा छलफल गरेर ज्ञापन पत्रबारे साझा धारणा बनाइने बताए । नेपाल बारले भने प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने अडान लिएको छ ।