काठमाण्डु- नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीको सूची नेता विष्णु पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहास्थित पार्क सफारी होटलमा बसेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको सूची तयार पारेका थिए ।
नेता पौडेलले उक्त तयार पारिएको सूची प्रिन्ट गरेर अध्यक्ष ओलीलाई रुजुका लागि बुझाएका हुन् । केन्द्रीय पदाधिकारी र सदस्यहरूको नामावली तयार पार्न पार्क सफारी होटलमा केपी शर्मा ओली, शंकर पोखरेल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरूको टोलीले आज दिनभरजसो गृहकार्य गरेको थियो । यसक्रममा केही केन्द्रीय सदस्यका दाबेदारहरुलाई बेग्लाबेग्लै बोलाएर अध्यक्ष ओलीले छलफल गर्दै पठाएका थिए ।
३०१ सदस्यीय केन्द्रीय कमिटीमा क–कसको नाम प्रस्ताव गरिएको छ भन्ने खुल्न बाँकी छ । अब यो सूची अध्यक्षका तर्फबाट बन्दसत्रमा प्रस्तुत गरिने तयारी छ ।




प्रतिक्रिया