काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले निर्वाचन प्रक्रिया अघि नबढाएकोमा आपत्ति जनाएका छन् । एमालेका दसौं महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र रोकिएपछि रावलले आक्रोस व्यक्त गरेका छन् ।
उनले टिवटरमा लेखेका छन – एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा छ।
एमाले अध्यक्ष ओलीले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बनाइरहेका छन् । अध्यक्ष ओलीले नेतृत्वको सूची बनाएपनि आफु निकट नेताहरुले नै वरिष्ठ उपाध्यक्ष र महासचिवमा दावी गरेपछि उनलाई सहमति जुटाउन समस्या परिरहेको छ ।
ओलीले सहमतिको लागी दिनभर निकट नेताहरुसंग छलफल गरेका थिए । नेताहरुबीच सहमति नहुंदा अहिलेसम्म बन्द सत्र सुरु भएको छैन ।
एमाले महाधिवेशनको कार्यतालिकाअनुसार शनिवार उम्मेदवारी मनोनयन भएर आज मतदान हुनुपर्ने थियो । तर, शनिवार बन्दसत्रको हलले नेतृत्व चयनको अधिकार अध्यक्ष ओलीलाई दिएपछि अन्यौलता बढेको हो ।
एमालेमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ्ग र महासचिवमा विष्णु पौडेल र शंकर पोखरेल दुवै जनाले दावी गरेका छन् । अध्यक्ष ओलीले रावललाई उपाध्यक्ष बनाउन खोजेपनि उनले कुनै पनि हालतमा निर्वाचनमा जनो बताइरहेका छन् ।




प्रतिक्रिया