उदयपुर – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको बेलका नगरपालिकाको दोस्रो अधिवेशनले मनोज तामाङको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
नेपाल माओवादी केन्द्रको देशैभर एकै पटक पालिका स्तरीय अधिवेशन भएको थियो । बेलका नगरपालिकाको उपाध्यक्षमा जयकुमार राई, मिश्रिलाल मेहता, लेखबहादुर परियार, सचिवमा भरत घिमिरे, सहसचिवमा पवित्रा राई, कोषाध्यक्षमा हरि जोशी चयन भएको छन् ।




प्रतिक्रिया