काठमाण्डु – नेकपा एमालेको महासचिवमा शंकर पोखरेलको नाम प्रस्ताव भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शिर्ष नेताहरुसंगको छलफलमा पोखरेललाई महासचिव बनाउने प्रस्ताव गरेका हुन ।
महासचिवका अर्का दावेदार विष्णु पौडेल समेत त्यसमा सहमत भएको स्रोतले दावी गरेको छ । पौडेललाई उपाध्यक्ष बनाउने तयारी छ ।
वरिष्ठ उपाध्यक्षमा भने ईश्वर पोखरेलको नाम प्रस्ताव भएको छ । उपाध्यक्षको एक नम्बरमा पौडेललाई राखिने तयारी छ ।




प्रतिक्रिया