काठमाण्डु – नेकपा एमालेको महाधिवेशनमा १४ पदका लागि निर्वाचन हुने भएको छ । चितवनमा जारी एमालेको १० औं महाधिवेशनमा पदाधिकारीको १४ पदका लागि निर्वाचन हुने भएको हो ।
बन्दसत्र अन्तर्गत विहान १० बजे उम्मेदवारी दर्ताको समय सकिएसँगै अब निर्वाचनको कार्यक्रम अघि बढ्ने भएको हो ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै उपाध्यक्षमा पनि निर्वाचन हुने भएको हो । एमालेमा ६ जना उपाध्यक्षको व्यवस्था रहेको छ ।
उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम आइतबार राति घोषणा गरेका थिए । त्यस्तै सचिवमा पनि चुनाव हुने भएको छ ।
एमालेमा सात जना सचिव रहने छन् । ओलीले यसअघि टोपबहादुर रायमाझी, रघुविर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याललाई सचिव बनाएका थिए । तर, ओलीको सूचीमा नअटाएका भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि चुनाव हुने भएको छ ।




प्रतिक्रिया