काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मंसिर १५ देखि हुने महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन् । नयाँ नेतृतव चयनका लागि उम्मेदवारी घोषणा गरिसकेका नेता लिङ्देनलाई डा लोहनीले समर्थन गर्ने भएका हुन् ।
डा लोहनी निकट नेता तथा राप्रपा प्रचार विभाग सदस्य जनकराज पाठकले भोलि बिहान ११ बजे लिङ्देनलाई समर्थनको घोषणा गर्ने कार्यक्रम राखिएको जानकारी बताए ।
नयाँ नेतृत्व चयनका लागि यसअघि नै राप्रपा अध्यक्ष कमल थापा र नेता लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । डा. लोहनीले अहिलेको तीनैजना अध्यक्षले दोहो¥याउन नहुने भन्दै नेतृत्व नयाँ पुस्तामा दिनुपर्ने बताए ।




प्रतिक्रिया