एमाले केन्द्रीय सदस्यमा सात प्रदेशबाट को-को भए निर्विरोध ? (सूचीसहित)

एमाले केन्द्रीय सदस्यमा सात प्रदेशबाट को-को भए निर्विरोध ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको ३०१ केन्द्रीय सदस्यमध्ये केहि निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ महाधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रियामा केहि केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् ।

सात वटा प्रदेशबाट निर्वाचित हुने ६३ केन्द्रीय सदस्यमध्ये ३६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित समितिको प्रारम्भिक सूचीअनुसार लुम्बिनी, गण्डकी र प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् ।

त्यस्तै दलित महिला, मधेसी महिला, पिछडिएको क्षेत्रका महिला, श्रमिक, उपत्यका विशष्ेष, सम्पर्क समन्वय लगायतमा केहि सदस्य सर्वसम्मत चयन भएका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । तर उनले पेश गरेको सूचीमा नभएकाहरुले समेत उम्मेदवारी दिएका कारण धेरैमा निर्विरोध हुन सकेन ।

अध्यक्षमा ओलीसँग भीम रावलको उम्मेदवारी परेको छ । उपाध्यक्ष र सचिवमा पनि निर्वाचन हुने भएको छ । ६ उपाध्यक्षका लागि ७ र ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वारोध निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यहरुमा पनि केही निर्विरोध भइसकेका छन् । खुला, आदिवासी जनजाति लगायतका धेरै उम्मेवार परेको ठाउँमा पनि सहमतिको प्रयास भइरहेको छ । सकेसम्म पदाधिकारीमा मात्र चुनाव गर्ने प्रयास भइरहेको स्रोतले बतायो ।

को–को बने केन्द्रीय सदस्य ?

खुल्लातर्फः प्रतिस्पर्धा हुने
महिलातर्फ : उषाकला राई, निरा खनाल र मेनुका काफ्ले

प्रदेश २
खुल्लातर्फः प्रभु साह, अरविन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलानाथ श्रेष्ठ, सुमन प्याकुरेल
महिलातर्फः कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा

बाग्मती प्रदेश
खुल्लातर्फः प्रतिस्पर्धा हुने
महिलातर्फः पार्वती रावल, पेम्बा लामा र रचना खड्का

गण्डकी प्रदेश
खुल्लातर्फ : इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षेत्री, भुपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी
महिलातर्फः नरदेवी पुन मगर, मीनाकुमारी गुरुङ र सीमाकुमार क्षेत्री

लुम्बिनी प्रदेश
खुल्लातर्फः खेममान खडका, दिनेश पन्थी, नविन रोक्कामगर, भुमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल
महिलातर्फः मेनका पोखरेल, सरिता खनाल भूसाल र सावित्रा अर्याल

कर्णाली प्रदेश
खुल्लातर्फः प्रतिस्पर्धा हुने
महिलातर्फः तीर्था गौतम, मीनासिंह रखाल र मोहनमाया ढकाल भण्डारी

सुदुरपश्चिम प्रदेश
खुल्लातर्फः प्रतिस्पर्धा हुने
महिलातर्फ : प्रतिस्पर्धा हुने

मधेसी महिला : कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव ।

मुस्लिम महिला : साजिदा खातुन सिद्धिकी ।

दलित महिला : विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाईली

पिछडिएको क्षेत्र महिला : बद्मीकुमारी बोहरा ।

श्रमिक

खुला : विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा ।

महिला : मञ्जु कुमारी थापा मगर र सीता लामा ।

उपत्यका विशेष

खुला : माधव ढुंगेल

महिला : विनाकुमारी श्रेष्ठ

सम्पर्क समन्वय

खुला : नरेन्द्र श्रेष्ठ