प्रधानन्यायाधीशलाई काेभिड निमोनिया, स्वास्थ्य सुधाराेन्मुख

प्रधानन्यायाधीशलाई काेभिड निमोनिया, स्वास्थ्य सुधाराेन्मुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा उपचाररत प्रधानन्यायाधीश जबराको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

शसस्त्र प्रहरी अस्पतालका चिकित्सक डा. प्रविण नेपालले काेभिड निमोनिया भएका जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए ।

‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ । हामीले कोभिड प्रोटोकल अनुसारका औषधि सुरु गरेका छौं,’ उनले भने ।

उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।