एमाले अध्यक्षमा केपी ओली निर्वाचित

एमाले अध्यक्षमा केपी ओली निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । मंगलबार सम्पन्न पार्टीको दशौं महाधिवेशनबाट ओली भारी मतले निर्वाचित भएका हुन् ।

निर्वाचनमा दुई हजार १ सय ५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । जसमा ओलीले १८०८ मत ल्याएका छन् भने रावलले २१३ मत ल्याएकाे बताइएकाे छ ।

शुरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि रावलले अस्वीकार गरेपछि मतदान प्रक्रिया अघि बढाइएको थियो । बिहान ४ बजेबाट मतदान शुरु गरी दिउँसो एक बजेबाट गणना शुरु गरिएको थियो ।