काठमाण्डु – नेकपा एमालेको सचिव पदमा गोकर्ण विष्ट सर्वाधिक मतसहित विजयी भएका छन् । चितवनमा जारी १० औं महाधिवेशनमा सचिव पदमा भएको निर्वाचनमा विष्टले सबैभन्दा बढी मत ल्याएका हुन् ।
त्यस्तै विष्टसहित योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोप बहादुर रायमाझी, रघुविर महासेठ सचिवमा निर्वाचित भएका हुन् ।
जसमध्ये विष्ट १९७६, भट्टराई १९६४, अर्याल १८००, विश्वकर्मा १८००, भट्ट १७०४, रायमाझी १७०० र महासेठले १५१३ मत ल्याएका छन् । सचिवमा प्रतिष्पर्धी बनेका भीम आचार्य र टंक कार्की पराजित भएका छन् । आचार्यले १३०० र कार्कीले ५०० मत ल्याएका हुन् ।




प्रतिक्रिया