काठमाण्डु – नेकपा एमालेमा पूर्वमाओवादीबाट तीन जना पदाधिकारी निर्वाचित भएका छन् । चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट पूर्वमाओवादीबाट आएका तीन जना पदाधिकारीमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा रामबहादुर थापा बादल, सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएसँगै उनीहरुले एमालेमा पदाधिकारी सुरक्षित गरेका हुन् । उपाध्यक्ष बादलले १७६८ मत, भट्टले १७०४ र रायमाझीले १७०० मत ल्याएका छन् ।
पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओलीको टिम विजयी भएको छ । उनले आइतबार रातिको बन्दसत्रमा प्रस्तुत गरेको सूची अनुसार नै पदाधिकारीहरु निर्वाचित भएका हुन् ।
ओलीले अध्यक्षमा केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गरेका थिए ।
त्यस्तै, महासचिवमा शंकर पोखरेल, उपहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई प्रस्ताव गरेका थिए ।
ओलीको प्रस्तावमाथि असन्तुष्टी जनाएका भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिएका थिए । त्यस्तै उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका थिए । तर, उनीहरु सबै पराजित भएका छन् ।




प्रतिक्रिया