जनजाति महिला कोटाबाट केन्द्रीय सदस्य बनिन् इश्वरी जीएम

जनजाति महिला कोटाबाट केन्द्रीय सदस्य बनिन् इश्वरी जीएम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय सदस्यमा ईश्वरी जीएम निर्वाचित भएकी छन् । चितवनको सौराहामा मंगलबार सम्पन्न एमालेको दशौं महाधिवेशनबाट ३२ वर्षीया जीएम जनजातिको महिला क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा जीएम कान्छी सदस्यको रूपमा निर्विरोध निर्वाचित भएकी हुन् ।

रोल्पाको नुवागाउँमा जन्मीएकी जीएम विद्यार्थी राजनीतिबाट एमालेमा संगठित भएकी थिइन् । प्रेस चौतारी रोल्पा शाखाको प्रमुख समेत भइसकेकी उनी एमालेको रोल्पा जिल्ला कमिटीमा बसेर समेत काम गरेकी थिइन् ।