काठमाण्डु – निर्वाचन आयोगले नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएको घोषणा गरेको छ । आयोगका संयोजक विजय सुब्बाले दशौं महाधिवेशनबाट ओली १८३७ मत ल्याएर विजयी भएको घोषणा गरेका हुन् ।
निर्वाचन आयोगको घोषणा लगत्तै दशौं महाधिवेशनबाट भारी मतका साथ एमाले अध्यक्षमा निर्वाचित भएका ओलीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । पार्टीको महाधिवेशनस्थल सौराहामा आयोजित कार्यक्रममा उनले सपथ ग्रहण गरेका हुन् ।
उनले आफूले सपथग्रहण गरेपछि नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई सपथग्रहण गराएका छन् । तर, ३०१ निर्वाचित केन्द्रीय सदस्यहरुमध्ये भीम रावलले भने सपथ खाएनन् । २२३ मत ल्याएर पराजित भएका रावलले यसअघि नै पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरिसकेका




प्रतिक्रिया