अध्यक्षको दावेदारबाट पछि हटेर सहयोग गर्न कमल थापालाई राजेन्द्र लिङ्देनकाे आग्रह

अध्यक्षको दावेदारबाट पछि हटेर सहयोग गर्न कमल थापालाई राजेन्द्र लिङ्देनकाे आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राप्रपाका महामन्त्री तथा अध्यक्ष पद उम्मेदवार राजेन्द्र लिङ्देनले अध्यक्षको दावेदारबाट पछि हट्न कमल थापालाई आग्रह गरेका छन् ।

भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता लिङ्देनले सरकारमा जाने र पार्टीको हैसियत गिराउने कामले राष्ट्रिय पार्टी बन्न नसकेको बताउँदै थापालाई अध्यक्षको दौडबाट हटेर आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर जबराले आफूलाई समर्थन गरिसकेको घुमाउरोशैलीमा जानकारी दिँदै लिङ्देनले अध्यक्षत्रयको पार्टीमा अझै भूमिका रहेको भए पनि नेतृत्व नयाँ पुस्तामा जानुपर्ने बताउँदै आफूलाई सहयोग गर्न थापासँग आग्रह गरे । उनले वर्तमान नेतृत्वले पार्टीकै अस्तित्व संकटमा पारेको आरोप लगाए ।