काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन गर्ने भएको छ । आज प्रदेशसभा बैठकको सुरुमै बोल्दै राप्रपा सांसद शोशिला शाहीले मुख्यमन्त्री शाहीलाई समर्थन दिने बताएकी हुन् ।
मुख्यमन्त्री शाहीले मंगलबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित हुन नसकेपछि आजका लागि बैठक सारिएको थियो । यद्यपी एमाले सांसदहरु आज पनि अनुपस्थित छन् । कर्णालीमा राप्रपाको एउटा मात्र सिट छ ।
कांग्रेसको कर्णाली प्रदेशसभा संसदीय दलका सचेतक हिमबहादुर शाहीले मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यताका कारण विपक्षी दलको उपस्थितिविनै विश्वासको मत लिनुपरेको बताए ।




प्रतिक्रिया