काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई सिद्धान्त, विधि पद्धति र राष्ट्रिय हितअनुकूलको बाटोमा हिँडाउन आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।
मंगलबार चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएर केपी शर्मा ओलीसँग पराजित भएका नेता रावलले सामाजिक सञ्जालमार्फत सो प्रतिक्रिया दिएका हुन् ।
‘एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिँडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ,’ उनले भनेका छन् ।
अध्यक्षमा ओलीले १८ सय ४० मत ल्याउँदा रावलले २ सय २३ मत मात्रै ल्याएका थिए । उनले आफू हार्ने थाहा पाएर पनि उम्मेदवारी दिएको बताएका थिए । उनले महाधिवेशनमा आफूलाई सहयोग गर्नेहरूलाई धन्यबादसमेत दिएका छन् ।




प्रतिक्रिया