ग्रामीण तथा दुर्गम क्षेत्रका सबै नेपालीको डिजिटल कनेक्टिभिटीमा पहुँच हुनुपर्छ :राज्यमन्त्री यादव

ग्रामीण तथा दुर्गम क्षेत्रका सबै नेपालीको डिजिटल कनेक्टिभिटीमा पहुँच हुनुपर्छ :राज्यमन्त्री यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले ग्रामीण तथा दुर्गम क्षेत्रका सबै नेपालीको डिजिटल कनेक्टिभिटीमा पहुँच हुनुपर्ने बताएकी छन् । साेमबार काठमाण्डुमा ह्वावेकाे यस वर्षको सीड्स फर द फ्युचरको उद्घाटन समारोहमा राज्यमन्त्री बोधमाया कुमारी यादवले उक्त कुरा बताएकी हुन् ।

त्यस्तै उनले शिक्षा क्षेत्रका लागि डिजिटल कनेक्टिभिटी अपरिहार्य भएको समेत बताइन् । “डिजिटल विकासका लागि डिजिटल साक्षरता र डिजिटल प्रतिभाको विकास उत्तिकै महत्त्वपूर्ण छ”, उनले भनिन् । राज्यमन्त्री यादवले नेपालका विद्यार्थीहरूलाई सीड्स फर द फ्युचर कार्यक्रमबाट नयाँ कुरा सिक्ने,अन्तर्राष्ट्रिय साथीहरूसँग मित्रता गाँस्ने र ह्वावे जस्ता अन्तर्राष्ट्रिय कम्पनीसँग जोडिने अवसर दिएकोमा ह्वावेलाई धन्यवाद समेत दिएकी थिइन् ।

त्यस्तै उक्त कार्यक्रममा सुरुदेखि नै संलग्न रहेका छनोट समितिका सदस्यहरूले पनि कार्यक्रम र ह्वावेको प्रशंसा गरेका थिए । त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङका डीन प्राध्यापक डा. शशिधर राम जोशी प्राध्यापक तिमिला यामी थापाले ह्वावेले महिलालाई समेत प्रतिभा विकास कार्यक्रममा सहभागी गराएकोमा निकै खुशी व्यक्त गरेकी थिइन् । “यो सन्देश नेपालका लागि निकै राम्रो छ । ह्वावेका वुमन इन टेक पहलहरू विश्वभर अनुकरणीय छन्”, उनले भनिन ।

यो वर्ष ह्वावेले नेपालमा कार्यक्रम ल्याएको पहिलो वर्ष हो । सीड्स फर द फ्युचर पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसपछि १३० देश र क्षेत्रबाट ९,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइसकेका छन् । अक्टोबर ६ र नोभेम्बर ७ बीच ह्वावेले आफ्नो आवेदन पोर्टल seedsnepal.com मा नेपालभरबाट  १३६ आवेदन प्राप्त गरेको थियो जुन सबै स्नातक विद्यार्थीहरूको लागि खुला रहेकाे थियो ।

प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रतिष्ठित आइसीटी प्रोफेसरहरू मिलेर बनेको फ्युचर सेलेक्सन कमिटिले २० स्नातक विद्यार्थीहरू छनोट गरेको छ जसमा काठमाण्डु उपत्यका बाहिरका ४ जना छन् जसले ८-दिने अनलाइन प्रशिक्षणमा भाग लिने छन्, घान्द्रुकमा रहेको ह्वावेद्वारा निर्मित फोर जी बेस स्टेशन भ्रमण गर्नेछन् र उद्योग विशेषज्ञहरुको कक्षामा उपस्थित हुन पाउने छन् ।

उनीहरूले टीच फर गुड विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउने छन् जहाँ उनीहरूले सामाजिक र/वा वातावरणीय समस्याहरू समाधान गर्न प्रविधिको फाइदा उठाउन र २०,००० अमेरिकी डलर सम्मको पुरस्कार जित्न सक्नेछन् ।

त्यस्तै ५ वर्षमा ह्वावेले एसिया प्रशान्त क्षेत्रमा मात्रै ५ लाख आइसीटी प्रतिभा विकास गर्न थप ५ करोड अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको ह्वावे एसिया प्यासिफिकका उपाध्यक्ष जे चेनले बताए ।