विदेशमा पक्राउ गरिएका ६ सय ताइवानीलाई चीन पठाइयो

विदेशमा पक्राउ गरिएका ६ सय ताइवानीलाई चीन पठाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – विभिन्न देशमा पक्राउ परेका ६ सय ताइवानीलाई चीनमा पठाइएको एउटा मानवअधिकारवादी समूहले जनाएको छ । मानवअधिकारवादी समूह सेफगार्ड डिफेन्डर्सले एउटा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । ताइवानको सार्वभौमसत्तालाई अवमुल्यन गर्न सो कदम चालिएको डिफेन्डर्सले चीनमाथि आरोप लगाएको छ ।

ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्दै आएको छ । विभिन्न देशमा पक्राउ पारिएका आफ्ना नागरिकलाई ताइवानमै पठाउनु पर्ने ताइपेयले जनाउँदै आएको छ । तर, बेइजिङले भने ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ ।

सेफगार्ड डिफेन्डर्सले सन् २०१६ देखि सन् २०१९ सम्म सञ्चारमाध्यममा आएका रिपोर्टहरुका आधारमा सो प्रतिवेदन तयार पारेको हो । चीन पठाइएका ताइवानीको परिवार र वंश नभएको स्पेनमा रहेको सो संस्थाले जनाएको छ । उनीहरुमाथि विभिन्न मुद्दा लगाउन सक्ने पनि डिफेन्डर्सले चिन्ता व्यक्त गरेको छ । चीनले कुनै पनि देशमा पक्राउ परेका ताइवानीलाई आफ्नो देशमा सुपुर्दगी गर्नुपर्ने बताउँदै आएको बिबिसीले जनाएको छ ।