काठमणडु – नेपाली कांग्रेसले १४औं महाधिवेशनको लोगो सार्वजनिक गर्ने भएको छ । कांग्रेसका प्रवक्ता विशवप्रकाश शर्माले आज अपराह्न ४ बजे प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको आशन्न १४ औं महाधिवेशनको लागो सार्वजनिक गर्ने जानकारी दिए ।
शर्माका अनुसार ‘उत्साह, एकता, रूपान्तरण, सफल पारौं नेपाली कांग्रेसको १४औं महाधिवेशन’ नारा तय गरिएको लोगो सार्वजनिक गर्न लागिएको हो । कांग्रेसको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्ड, सभागृह, नेपाल पुलिस क्लबमा मतदानको व्यवस्था गरिने उनले बताए ।




प्रतिक्रिया