काठमाण्डु – कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते आह्वान गरिएको अधिवेशन प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन् ।
‘नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम बुधबार राति १२ बजेबाट कर्णाली प्रदेश सभाको चालु नवौं अधिवेशन अन्त्य गरिएको व्यहोरा जानकारी गराइन्छ,’ प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
दुईवटा बैठक बसेर अन्त्य गरिएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएन् । एमालेले चितवनमा सम्पन्न दशौं महाधिवेशनलाई कारण देखाउँदै बैठक बहिस्कार गरेको थियो ।




प्रतिक्रिया