काठमाण्डु – आन्दोलनतरत कानून व्यवसायीहरुले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रसमसेर जबरा कोरोना संक्रमित भई हाल बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत रहेकाले उनी काम गर्न र अदालतमा उपस्थित हुन नसक्ने भन्दै कानुन व्यवसायीले संविधानको धारा १२९ (६) अनुसार कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका हुन् ।
नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुले बिहीबार न्यायाधीशहरुसँग छलफलका क्रममा संवैधानिक भूमिका क्रियाशील बनाउन वरिष्ठतम न्यायाधीश कार्कीलाई आग्रह गरेका हुन् ।
संविधानको धारा १२९ (६) मा प्रधानन्यायाधीश काम गर्न असमर्थ भएमा वा अदालतमा उपस्थित नभएमा वरिष्ठतम न्यायाधीश स्वतः कार्यवाहक प्रधानन्यायाधीश बन्ने उल्लेख छ । प्रधानन्यायधिसको राजीनामा माग गर्दै वार एशोसिएसन आन्दोलनमा छ । वारले दिनहुँ जसो सर्वोच्च परिसरमा धर्ना दिँदै आएको छ ।




प्रतिक्रिया