अध्यक्ष बन्न देशभरका मान्छे भेला पारेर ओली दुई दिन गिड्गिडाए : कांग्रेस प्रवक्ता

अध्यक्ष बन्न देशभरका मान्छे भेला पारेर ओली दुई दिन गिड्गिडाए : कांग्रेस प्रवक्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमालेका अध्यक्ष केपी शर्मा ओली दुई दिनसम्म गिडगिडाएको टिप्पणी गरेका छन् ।

पार्टीको आशन्न १४ औं महाधिवेशनको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बल्दै प्रवक्ता शर्माले ओलीले अध्यक्ष बन्छु भनेर देशभरबाट आएका नेतासामु दुई दिनसम्म गिड्गिडाएको टिप्पणी गरेका हुन् ।

पत्रकारले एमालेको चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा देखिएको सहभागिताका बारेमा राखेको प्रश्नमा उनले भने, ‘पार्टीका मान्छे भेला गरेर एकजनाले म अध्यक्ष हुन्छु भनेर २ दिन गिड्गिडाउनु शक्ति प्रदर्शन हो ?।’

प्रवक्ता शर्माले एमालेको महाधिवेशनतर्फ लक्षित गर्दै कुनै नेतालाई पर्चा बाँड्नबाट रोक्ने जस्ता गतिविधि कांग्रेसमा नहुने पनि प्रष्ट पारे ।