कर्णालीमा भागबन्डाको सकसः मन्त्रिपरिषदले कहिले पूर्णता पाउँछ ?

कर्णालीमा भागबन्डाको सकसः मन्त्रिपरिषदले कहिले पूर्णता पाउँछ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनुपस्थितिमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

कात्तिक १६ गते मुख्यमन्त्री बनेका शाहीले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यताका कारण चार मन्त्री मागेको माओवादीलाई एक मन्त्री दिएर विश्वासको मत लिएका छन् । माओवादीका विद्यमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि समाजवादीबाट चन्द्रबहादुर शाही मन्त्री बनिसकेका छन् । दलहरुबीच भागवण्डा नमिल्दा मन्त्रालयलाई पूर्णता दिने बिषय पेचिलो बनेको छ ।

सत्ता गठबन्धनमा आ–आफ्नै दाबी

सत्ता गठबन्धनका दलहरुबीच सहमति नभएपछि मन्त्रिपरिषदलाई पूणता दिन कठिनाइ भएको छ । १२ सिट रहेको नेकपा माओवादीले चार मन्त्रालयमा दाबी छोडेको छैन । उता प्रदेशसभामा तीन सिट रहेको नेकपा एकीकृत समाजवादीले पनि तीन मन्त्रालयमा दाबी गरेको छ ।

माओवादी भने आफू ठूलो दल भएका कारण कम्तिमा चार मन्त्रालय पाउनुपर्ने अडानमा छ । सत्तारुढ दलहरुबीच विवाद भएका कारण कर्णालीको मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

मुख्यमन्त्री भन्छन्ः गठबन्धनमा विवाद छैन

मुख्यमन्त्री जीवन बहादुर शाहीले भने सत्ता गठबन्धनमा कुनै विवाद नरहेको दाबी गरेका छन् । नेताहरु जिल्ला जिल्लामा भएकाले छलफल हुन नपाएको मुख्यमन्त्री शाहीले बताए ।

‘अहिले सबै दलको अधिवेशन चलेकाले सबै सांसदहरु आ–आफ्नो ठाउमा जानुभएको छ । दलहरुको अधिवेसनले गर्दा केही ढिला त भएकै हो तर बाहिर मिडियामा आएजस्तो कुनै विवाद छैन,’ उनले भने, ‘उहाँहरु पनि गठबन्धनमै हुनुहुन्छ यदी कुनै समस्या छ भने बसेर नै समाधान गर्ने हो । यो मेरो मात्र भन्दा पनि गठबन्धनको सरकार हो । म मात्रै एक्लै अघि बढ्ने त होइन ।’

उनले अव चाँडै मन्त्रिपरिषदलाई पूर्णता दिने बताए । विश्वासको मत प्राप्त भइसकेकाले अब गठबन्धनको योजना अनुसार जनताको सेवा गर्ने बताए ।